२.१ अल्पकालिन उदेश्य

  • स्थानिय समस्यामा आधारित स-साना अध्यन परिक्षण तथा भ्यालिडेशन (प्रमाणिकरण) परिक्षण संचालन गर्ने ।
  • नविनतम कृषि प्रविधिहरु किसान समक्ष प्रसार भ्यालिडेशन परीक्षण सन्चालन गर्ने ।
  • माटो तथा मल, बाली संरक्षण र बीउ विजन परिक्षण सम्बन्धी सामान्य प्रयोगशाला सेवा संचालन गर्ने ।
  • स्थानिय कृषि जैविक विविधताको पहिचान, संरक्षण, सम्वद्दन र प्रवद्दन गर्ने ।
  • स्थानिय तहको क्षमताले सम्पादन गर्न नसक्ने प्रकृतीका विषेशज्ञ प्राविधिक सेवा प्रदान गर्ने।
  • प्रादेशिक तथा संघिय कृषि विकासका कार्यक्रमहरुलाई आम किसान समक्ष पुर्याउने ।
  • व्यवसाय विकास सेवा उपलव्ध गराउने ।

 

२.२ दिर्घकालिन उदेश्य

  • खाद्य वस्तुको आन्तरिक माग परिपूर्ति गर्न उत्पादन र उत्पादकत्व बढाउने ।
  • निर्वाहमूखी र परम्परागत कृषि पद्धतिलाई परिवर्तन गरी व्यवसायिक, प्रतिस्पर्धात्मक र आधुनिकिकरण तर्फ उन्मूख गराउने ।
  • भौगोलिक क्षेत्र अनुसार  तुलनात्मक लाभ र न्यायोचित वितरणको आधारमा एकीकृत कृषि विकासका कार्यक्रमहरु संचालन गरी ग्रामिण गरिबी निवारण मार्फत किसानहरुको जिवनस्तरमा सुधार ल्याउने ।
  • राष्ट्रिय कृषि निति-२०६१, कृषि विकास रणनिति (२०१५-२०३५), पन्ध्रौ योजना (२०७६/७७- २०८०/८१) र प्रदेश-१ को प्रथम आवधिक योजना (२०७६/७७- २०८०/८१) को आधार पत्रमा उल्लेख गरिएका कृषि विकासका लक्ष्य हासिल गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।